चिन्न अस्वीकार गरेपछि अदालत पुगेकी थिइन् उदितनारायणकी पहिलो पत्नी

९० को दशकदेखि बलिउडमा आफ्नो सुरिलो आवाजले सबैलाई लोभ्याउने गायक उदित नारायण झाले सैयौं सुपरहिट गीत गाइसकेका छन् । उनले नेपाली, हिन्दीका साथै तमिल, मलयालम, कन्नड, भोजपुरी र बंगाली भाषामा पनि गीत गाएका छन् ।

चार पटक उनले राष्ट्रिय पुरस्कार पनि पाएका छन् । उनको जन्म १ डिसेम्बर १९५५ मा भएको थियो। कमै मानिसलाई मात्र उनको पारिवारिक जीवनबारे जानकारी छ । उनले दुईवटा बिहे गरेका छन् । अहिले बलिउडमा चर्चित नाम उदितको फिल्म क्षेत्रमा गीत गाउन सुरुवात नेपाली फिल्म क्षेत्रबाटै सुरु भएको थियो। यो कुरा कमैलाई मात्र थाहा छ।


Advertisement

उनले पहिलोपटक फिल्म क्षेत्रमा नेपाली फिल्म सिन्दुरमा पहिलो गीत गाएका थिए । करिब १० वर्षको संघर्षपछि उनले पहिलो सुपरहिट गीत गाएका थिए। जसले उनको करिअर नै बदल्यो । फिल्म कयामतमा ‘तकु का पापा कहेते है बडा नाम करेगा’ ।  यो गीत अमिर खानमाथि फिल्माइएको थियो। यो गीत चर्चित भएपछि उदितलाई धेरै अवसर प्राप्त भएको थियो । 


सन् २००६ मा रंजना नारायणले उदित नारायण आफ्नो पति भएको दाबी गरिन् । तर, उदितले यो कुरा अस्वीकार गर्दै आएका थिए। पछि रंजना अदालत पुगिन्। कागजपत्र देखाएपछि उदित पनि विवाहका लागि राजी भएका थिए । यसपछि उनलाई अदालतले दुवै पत्नीलाई सँगै राख्ने आदेश  दिएको थियो । विवाहित भए पनि उनले १९८५ मा दिपा नारायणसँग बिवाह गरेका थिए । दिपातर्फका एक छोरा आदित्य नारायण हुन्। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्