शेयर बजार : २ हजार विन्दुमाथि पुग्यो नेप्से सूचक, कारोबार रकम भने घट्यो

साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से सूचक २००० विन्दुमाथि पुगेको छ। बजार खुलेको केही समयपश्चात करेक्सन मुडमा देखिएको नेप्से अन्तिममा पुनः ३ अंकले बढ्दै २००० विन्दुमा पुगेको हो।

यस दिन नेप्से सूचक ३.३५ अंकले बढेर २०००.४० विन्दुमा पुगेको छ। यद्यपी कारोबार रकममा भने  यस दिन गिरावट देखिएको छ।


Advertisement

यस दिन साढे ७ अर्ब भन्दा थोरैको शेयर कारोबार भएको छ।  अघिल्लो दिन सोमबार ८ अर्ब ८६ करोड रुपैयाँ बराबरकामे शेयर कारोबार भएको थियो ।

मंगलबार १९७ वटा कम्पनीको १ करोड ८५ लाख कित्ता शेयर ७ अर्ब ४० करोड रुपैयाँमा खरिद बिक्री भएको हो।


Advertisement

यस दिन कारोबारमा आएका ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ वटा कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोपावरको ९.९६ प्रतिशत, अपर तामाकोशीको ९.८५ प्रतिशत,नेपाल दुरसञ्चार कम्पनीको ९.७१ प्रतिशत र साञ्जेन जलविद्युतको ९.६५ प्रतिशतले बढेको छ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६५ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको ४४ करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ९० लाख, नेपाल बंगलादेश बैंकको २५ करोड र प्रभु बैंकको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्