गायक तथा रियालिटी टीभी होस्ट आदित्य नारायण विवाह बन्धनमा बाँधिएका छन् ।
मंगलवार उनले लामो समयदेखिकी प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका हुन् ।
आदित्यको विवाहका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनीहरूको जोडी सुहाएको छ ।
आदित्यले क्रीम कलरको शेरवानी लगाएका थिए र गुलाबी रंगको दुपट्टा भिरेका थिए ।
श्वेताले चाहिँ हल्का गुलाबी र क्रीम कलरको लहंगा लगाएकी थिइन् । विभिन्न गरगहनामा सजिएकी श्वेता निकै सुन्दर देखिएमी थिइन् ।
आदित्यले केही दिनअघि मात्र श्वेतासँगको सम्बन्ध सार्वजनिक गरेका थिए । उनीहरू लामो समयदेखि सम्बन्धमा छन् । विक्रम भट्टले बनाएको शापित नामक फिल्ममा उनीहरू दुवैजना सँगै देखिएका थिए ।
एजेन्सी