नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कानुन विपरीतका कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा लैंगिकता, फरक क्षमता भएका, महिला तथा बालअधिकार लगायतका संवेदनशील विषयको ख्यान नगरी पोस्ट गर्ने भिडियो बनाएर सम्प्रेशण गर्नेलगायतका गतिविधि भएको भन्दै साइबर ब्यूरोबाट अनुसन्धान भइरहेको जनाएको छ ।
यस्ता गतिविधिबारे साइबर ब्यूरोमा उजुरी पर्ने क्रम रहेको र केहीमाथि कारबाही पनि भएकाले त्यस्ता काम नगर्न अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा हुने यस्ता गतिविधिले सामाजमा अपराधिक क्रियाकलाप पनि बढीरहेको भन्दै ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै ब्यूरोले पछिल्लो समय टिकटकमा लैगिंकता, फरक क्षमता भएका र बालअधिकार लगायतका विषयमा ख्यालै नगरी भिडियो बनाउने क्रम बढिरहेकाले त्यस्ता गतिविधिमाथि निगरानी गरिरहेको पनि बताएको छ ।
साथै यस्ता गतिविधि गर्ने जोकोहीलाई पनि कानुनअनुसार कारबाही गर्ने चेतावनी दिँदै ब्यूरोले तत्काल असंवेदनशील गतिविधिमा रोक लगाउन अनुरोध गरेको छ ।
लोकान्तर संवाददाता