पाँच लाखको अवैध कपडा बरामद

फाइल तस्वीर

नेपाल प्रहरीले तीन जिल्लाका सीमा नाकाबाट बुधबार पाँच लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । बुधबार रौतहटमा सशस्त्र प्रहरीले दुई लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो । 

रौतहटको ईशनाथ नगरपालिकास्थित पल्लुवा सीमाबाट चौरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरको अवस्थामा दुई लाख १६ हजार बराबरको कपडा बरामद गरेको एपीएफले जनाएको छ । 


Advertisement

बरामद गरेको लत्ताकपडा भन्सार कार्यालयलाई बुझाइएको छ । यस्तै, बुधबार नै वीरगन्ज आउट पोस्टबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट विरगंजबाट खटिएको एपीएफ टोलीले एकलाख १७ हजार बराबरको लत्ताकपडा र भाँडावर्तन बरामद् गरेको छ । 

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ स्थित ईनर्वा सीमा इलाकाबाट बरामद गरेको हो । 


Advertisement

बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ ।

यता बाँकेको डुडुवा गाउँपालिका–६ कालाबन्जार सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

 अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबन्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 

बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ । 
        
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्