भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पछिल्लो समय सरकारले दिएको जिम्मेवारी ‘देशब्यापी पाठ्यपुस्तक वितरण’ बाट बिना विकल्प संस्थालाई कामविहीन बनाएको बताएकी छन् ।
साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा साझा प्रकाशनले आयोजना गरेको ‘साझा प्रकाशनः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आर्थिक सन्तुलन र व्यवस्थापकीय समस्याको कारण संस्थाको स्थिति गम्भीर अवस्थामा पुगेको बताएकी हुन् ।
यस्तै, उनले संस्कृतिको साम्राज्य नहारेको पनि बताएकी छिन् । मन्त्री अर्यालले साझा प्रकाशनले अक्षरमार्फत नेपाली भाषा, साहित्य, कला–संस्कृति, शिक्षा र समग्र वाङ्मयको विकासका, विस्तार र उन्नयनमा उच्च भूमिका खेलेको बताए ।
‘भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा समर्पित रहेको साझा प्रकाशन साहित्यका सबै विद्या सहित–भाषा, व्याकरण, शब्दकोष, इतिहास, विज्ञान र प्रविधि, जीवनी, दर्शन, अध्यात्म लगायतका विषयमा १२ सय भन्दा बढी पुस्तक प्रकाशनको इतिहास बोकेको छ,’, मन्त्री अर्यालले भनिन्, ‘भाषा, कला र संस्कृतिको साम्राज्य अझैपनि ज्यूँदैछ । हारेको छैन ।’
संस्थाको प्राण भनेको आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प भएको भन्दै उनले यसमा देखिएका कमिकमजोरी सच्याएर साझा प्रकाशनलाई अझै पनि आकर्षक संस्था बनाउन सकिने बताइन् ।
मन्त्री अर्यालले विगतको विरासत र गौरवलाई जोगाउनका निम्ती अहिलेको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नसमेत आग्रह गरिन् ।
सहकारी संस्थामार्फत सञ्चालित संस्था भएका कारण सहकारिताको मर्म, मूल्य र मान्यतामा रहेर साझा प्रकाशन सञ्चालन गर्न आग्रह गर्दै मन्त्री अर्यालले आधुनिक प्रविधिकिो प्रयोगद्वारा छापाखाना÷प्रेस सञ्चालन गर्न समेत आग्रह गरिन् ।
लोकान्तर संवाददाता