रामचन्द्र पौडेल पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विरोधमा नेविसंघको राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।
तनहुँमा पु्ल उद्घाटनका विषयमा भएको विवादका क्रममा हुनसक्ने सम्भावित झडपलाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि पनि त्यसको उलंघन गरेको अभियोगमा प्रहरीले पौडेलसहितका नेताहरुलाई पक्राउ गरेको थियो ।

पक्राउको विरोधमा विद्यार्थी संघ केन्द्रीय समितिले माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।


Advertisement

पौडेलको दुर्व्यवहार, ज्यादती र प्रहरी हिरासतमा राख्ने सरकारी अधिनायकवादी रवैयाका विरुद्धमा बुधबार साँझ प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।
यसैबीच बुधबार पक्राउ परेका पौडेल साँझ रिहा भइसकेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्