निजी क्षेत्रसँग मिलेर काम गर्छौ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरू आएकाले आफूले अवरोधहरू पन्छाएर बजेट र मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताए । 


Advertisement

निजी क्षेत्रबारे सरकारको दृष्टिकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए । 'रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हतोत्साहित तुल्याएर  र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन'- उनले भने। 

कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए। उनले भने-' निरन्तर संवाद र छलफलमा रहिरहन्छौ । सुझाव सुन्छौँ । मिलेर काम गर्छौ ।' 


Advertisement

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिएका थिए । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए ।     

सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए  । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्