कोरोना महामारीका कारण शक्तिशाली देशहरु पनि चपेटामा परेका छन् । महामारीको सुरुवात भएको चीन भने शान्त देखिन्छ । तर, यहीबीचमा यहाँ अनेक आविष्कार भएका छन् ।
विश्व अर्थतन्त्रमा ठूलो असर परेको भन्दै कैयौं देशले ठूला ठूला प्रोजेक्टहरु रद्द गरिरहेका छन् । तर, चीनले भने यही महामारीकै बीच मंगलबार चन्द्रमामा आफ्नो मानवरहित स्पेसक्राफ्ट उतार्यो ।
यति मात्र होइन, ध्वनिको गतिभन्दा पनि १६ गुणा तिव्र गतिमा उड्ने एक हाइस्पीड जेट इन्जिन पनि तयार पारेका छ ।
हालै निर्माण गरिएको यो इन्जिन विश्वमै एकमात्र भएको चीनले दाबी गरेको छ । यो जेट इन्जिन ध्वनिभन्दा १२ गुणा तिव्र गतिमा उड्नसक्ने बताइएको छ ।
यतिमात्र नभइ यो इन्जिन कुनै बिमानमा जडान गरियो भने, उक्त बिमानले विश्वको कुनै पनि कुनामा दुई घण्टामा पुर्याउन सक्ने दाबी गरेको छ ।
ध्यनिको गति १२३४.८ किलोमिटर प्रतिघण्टा हुन्छ । चीनको यो आविस्कारबाट साउथ चाइन मर्निङ पोस्टले खबर छापेको छ । चीनले यो इन्जिनको नाम सोडरन्जेट राखेको छ ।
चीनको राजधानी बेइजिङको एक सुरुङमा यो सुपर जेट इन्जिनको परीक्षण गरिएको छ । परीक्षणका क्रमा इन्जिनले सुरुङमा आफ्नो अधिकतम गति प्राप्त गरेको थियो ।
अनुसन्धानकर्ताका अनुसार परम्परागत रनवेमा उडान भर्ने विजमानमा पनि यो इन्जिन जडान गर्न सकिन्छ । जसबाट उनीहरूको उडान गति बढ्न सक्छ ।
यो जेटको सहयोगमा उडान भरिसकेपछि एक खास अरबिटमा पुग्ने र पुनः अवतरणका बेला पृथ्वीको वायुमण्डलमा आउनेछ । यदि अगाडिका परीक्षणमा यो इन्जिन सफल भयो भने यसको प्रयोग चिनियाँ सेनाले गर्नसक्ने पनि बताइएको छ ।
एजेन्सी