महालक्ष्मी विकास बैंकले ल्यायो भीसा कन्ट्याकलेस कार्ड

महालक्ष्मी विकास बैंक लि. ले भीसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

भीसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेसनमा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।


Advertisement

महालक्ष्मी विकास बैंक लि. भीसा कन्ट्याकलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । 

यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । । 


Advertisement

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।                                    

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्