‘गहुँ र मकैका लागि मल अभाव हुँदैन’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र मकैका लागि मल अभाव नहुने दाबी गरेको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात रहेको र थप आउने क्रममा पनि रहेकाले गहुँ र मकैबालीलाई अभाव नहुने मन्त्रालयको दाबी छ ।

‘करिब डीएपी र युरिया गरेर करिब ५० हजार टन मौज्दात छ । दुवै कम्पनीले थप ६० हजार टन मल ल्याउँदै छन्,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सचिव योगेन्द्रकुमार कार्कीले भने, ‘मलमा सुरक्षित छौं । गहुँ र मकैका लागि पर्याप्त छ, अभाव हुँदैन ।’


Advertisement

मन्त्रालयका अनुसार हाल साल्टसँग १८ हजार टन युरिया र १३ हजार टन डीएपी मौज्दात छ । थप ३० हजार टन युरिया आयात गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कृषि कम्पनीसँग १३ हजार ८ सय टन डीएपी, १२ सय टन युरिया र ३ सय टन पोटास मौज्दात छ । कृषि सामग्री कम्पनी थप ३० हजार टन युरिया, १० हजार टन डीएपी र ९ हजार ७ सय टन पोटास भित्र्याउने तयारीमा रहेको बताइएको छ ।


Advertisement

मन्त्रालयले मल अभाव नहुने बताइरहँदा यता किसानले भने सहजै पाउन सकेका छैनन् । तराईमा युरियाको हाहाकार रहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतको भनाइ छ । अहिले थोरै मात्रामा वितरण भइरहेको डीएपी पनि गत वर्षकै रहेको उनको दाबी छ । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्