विद्युतको तार सर्ट हुँदा हुम्लाको सिमकोट विमानस्थल क्वाटरमा आगलागी भएको छ । बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा ल्याएको छ ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ५० बढी सुरक्षाकर्मी, स्थानीय र जिल्ला वनका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
चिसोले पानी जमेका कारण सममै आगो नियन्त्रणमा लिन नसकिएको प्रहरीले बताएको छ ।
कार्यालयमा बालिएको हिटर र विद्युतको तार सर्ट भएपछि आगालागी भएको सिमकोट विमानस्थलले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले आगो नियन्त्रणमा लिने क्रममा प्रहरी जवान गणेश सुइयाल घाइते भएका छन् ।
लोकान्तर संवाददाता