नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट पेलिएका करङको दुखाइ हिजो भन्दा आज बढेको बताएका छन् ।
गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै पौडेलले खिन्नता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सन्देल लेख्दै पौडेलले हिजो दिउँसो भन्दा साँझ र साझ भन्दा आज दुखाइ बढेको बताएका हुन् । पुल उद्घाटनको विषयमा विवाद बढेपछि प्रहरीले पौ्रडेललाई गृहजिल्ला तनहुमा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने क्रममा ठेलमठेल परेको थियो ।
‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन’ पौडेलले ट्वीटरमा लेखेका छन, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’
पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेपाल विद्यार्थी संघले हिजो काठमाडौंमा प्रदर्शन गरेको थियो । कांग्रेसले सरकारको अधिनायकवादी शैलीविरुद्ध देशव्यापी प्रतिरोध गर्ने बताएको छ ।
पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन ।
— Ram Chandra Paudel (@NcPaudel) December 3, 2020
असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ । pic.twitter.com/U2fxsHSr1z
लोकान्तर संवाददाता