नेकपा विवादका बीच पोखरेलको दौडधूप, खुमलटारपछि शीतलनिवास

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको संकट समाधानका निम्ति उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले दौडधूप थालेका छन् ।

पोखरेलले शुक्रवार बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई खुमलटारमा भेट गरेपछि राष्ट्रपति कार्यालय पुगेका हुन् ।


Advertisement

शीतलनिवासमा पोखरेल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भइरहेको छ ।

नेकपा विवाद समाधानका निम्ति पछिल्लो समय राष्ट्रपति भण्डारीले पनि निकै कसरत गरिरहेकी छन् ।


Advertisement

बिहीवार उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्