प्लाइ उद्योगमा आगलागी

सांकेतिक तस्वीर

झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ ।

यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र  सिलिङ चेम्बरमा  रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


Advertisement

स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गरेको सो उद्योगमा आज आज बिहान लागलागी भएको थियो । 

आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी,  प्रदेश नं १  विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।


Advertisement

आगो दमक, भद्रपुर र बिर्तामोडका बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्