मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एककोे मृत्यु भएको छ ।

लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । 


Advertisement

बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्