वृद्ध महिलामाथि गरेको टिप्पणीका कारण कंगना रनौतलाई माफी माग्न अकाली दलले पठायो कानुनी पत्र

किसान आन्दोलनमा सहभागी वृद्ध महिलामाथि अपमानजनक टिम्पणी गरेर आलोचित बनेकी बलिउड नायिका कंगना रनौतलाई अकाली दलले कानुनी पत्र पठाएको छ । पछिल्लो केही दिनदेखि कंगना आफ्नो फिल्मका बारेमा नभई सामाजिक सञ्जालमा राजनीतिक प्रचारप्रसारका लागि चर्चामा रहेकी छन् । 

भारतमा चलिरहेको किसान आन्दोलनमा सहभागी वृद्ध महिलाका बारेमा एक फर्जी ट्वीट शेयर गर्दै अपमानजक टिप्पणी गरेकी थिइन् । उक्त फर्जी ट्वीट कंगनाले डिलिट गरिसकेकी छन् । उनको उक्त टिप्पणीप्रति अन्य सेलिब्रेटी र कांग्रेसm बाजपा लगायतका राजनीतिक दलले पनि आपत्ति जनाएका छन् । यस घटनामा अकाली दलले कंगनालाई एक कानुनी पत्रमार्फत माफी माग्न बताएको छ । 


Advertisement

कंगनाले किसान आन्दोलनमा सहभागी ९० वर्षकी वृद्ध महिलालाई ‘शाहीन बागकी विलकिस बानो’ बताउँदै, १००÷१०० रुपैयाँमा कुनै पनि आन्दोलनमा सहभागी हुने टिप्पणी गरेकी थिइन् । 

यो ट्वीट फर्जी थियो । जुन कंगनाले डिलिट गरिसकेकी थिइन् । ट्वीटपछि अहिले सामाजिक सञ्जालमा उनको तिव्र आलोचना भइरहेको छ । शिरोमणि अकाली दलले कंगनाको उक्त ट्वीट र त्यहाँ प्रयोग गरिएको भाषाप्रति आपत्ति जनाएको छ । 


Advertisement

अकाली दलका नेता मनजिन्दर सिंह सिरसाले भने, ‘एक किसान वृद्ध आमालाई एक सय रुपैयाँमा उलब्ध हुन्छन् भन्ने कंगनाको अपमानजनक टिप्पणीका लागि हामीले कानुनी सूचना पठाएका छौं । उनको ट्वीट किसानलाई राष्ट्रविरोधीका रुपमा देखाउँछ । उक्त ट्वीटका लागि बिनासर्त माफी माग्न माग गरेका छौं ।’ 
 

अकाली दलको पत्र जानुअघि पञ्जाव÷हरियाणा अदालतका एक वकिल र दिल्ली शिख गुरुद्वारा व्यवस्थापन कमिटीले पनि पत्र पठाएर माफी माग्न अनुरोध गरेको थियो । 

कमेन्ट गर्नुहोस्