सम्झना विकका हत्या आरोपी अस्पतालको भेन्टिलेसन फोडेर भागे, १० घण्टापछि पुनः पक्राउ

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहोरा प्रहरीको घेरा तोडेर भागेपछि उनलाई प्रहरी करिब १० घण्टापछि पक्राउ गरेको छ । 

मंसिर ६ गते कोरोना भाइरसको संक्रमण पोेजेटिभ आएपछि उनलाई जिल्ला अस्पतालका डोटीको आईसोलेसनमा राखिएको थियो ।


Advertisement

आइसोलेसनमा रहेका हत्यारा आरोपी बोहोरा राति साढे १० बजे अस्पतालको भेन्टिलेसन फोडेर भागेको सुदूरपश्चिम  प्रदेश प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मुकेश सिंहले बताए ।

‘आइसोलेसनमा राखेको समयमा उनी हिजो राती साढे १० बजे भागेका थिए,’ एसएसपी संहले भने, ‘हामीले १० घण्टा पछि विहान पुनः पक्राउ गरेका छौं ।’


Advertisement

बलात्कार र हत्या आरोपी बोहोरालाई डोटीको पूर्वीचौकी गाएँपालिका–१ बाट पक्राउ गरेको एसएसपी सिंहले बताए । सुरक्षामा खटिएका ३ जना प्रहरी निलम्बनमा परेका छन् । 

एसएसपी सिंहका अनुसार बोहराको सुरक्षाका लागि अस्पतालमा खटिएका एक जना प्रहरी हवल्दार र २ जना प्रहरी जवानलाई निलम्बन गर्न सुदुरपश्चिम प्रदेश प्रहरीले निर्देशन दिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्