बुटवलमा खुला र भेट्रान्स पुरूष डबल ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । लाफा समुह बुटवलले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता आउँदो माघ २३ र २४ गते हुँदैछ । 

प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, मकवानपुर, कास्की, दाड, सल्यान बाकें लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक ज्ञानु सारुले जानकारी दिए । यस वर्ष १ सय ५० बढी टिम सहभागि हुने समुहका संरक्षक वासुदेव लामिछानेले बताए । लाफाले पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो । 


Advertisement

खुलातर्फ ९० तथा भेट्रान्स तर्फ ५० बढी टिमको सहभागिता रहने प्रतियोगितामा खुला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका समुहका उपाध्यक्ष पुरन गाहाले जानकारी दिए । 

भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समुहका अध्यक्ष तारा सिंह रेस्मीले बताए । 


Advertisement

प्रतियोगिता सम्पन्न गर्नका लागि १६ लाख ४० हजार रुपैयां खर्च अनुमान गरिएको उनले बताए । समुहका उपाध्यक्ष पुरन गाहाले गत बर्ष भन्दा धेरै  खेलाडिको सहभागिता रहेन अपेक्षा गरेको बताए । उनले गतबर्ष खूला ७८ र भेट्रान्सतर्फ ३५ समुहको सहभागी रहेकोमा अहिले ११५ टिम र भेट्रान्सतर्पm ५० अपेक्षा गरेको बताए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्