जितगढी विजयी दौड सम्पन्नः यी हुन् विजेताहरु (नामावलीसहित)


‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को उपलक्ष्यमा ‘जितगढी विजयी दौड(२०७७’  सफलतापूर्वक सम्पन्न भएको छ । २१ किलोमिटर दूरीको सो दौडको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा पुस २५ गते शुभारम्भ भएको थियो ।

 ‘जितगढीको शान, नेपालीको पहिचान’ मुल नारासहित आयोजना गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण किल्लाहरुको संरक्षण, सम्बर्दन एवं प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्नु रहेको सेनाले जनाएको छ ।


Advertisement

 १४१ जना धावकहरुको सहभागीता रहेको उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाई पोखरेलबाट नगद पुरस्कार, पदक तथा प्रमाण(पत्र प्रदान गरिएको थियो ।

विजेताको सूची यसप्रकार रहेको छः


Advertisement

 (क)     पुरुष तर्फ:

(१)    प्रथम: सि. शिब रायमाझी, श्री खड्‍गदल गण ।
(२)    द्वितीय: सि. सुबाश कार्की, श्री नारायणदल गण ।
(३)    तृतीय: स.प्र.ज. गौरब भण्डारी, श्री नं.५ विन्दावासिनी बाहिनी ।

(ख)    महिला तर्फ:

(१)    प्रथम: सि. निर्मला के.सी., गरुडदल गण ।
(२)    द्वितीय: स.प्र.ज. भाबना शाही, श्री नं.५ विन्दावासिनी बाहिनी ।
(३)    तृतीय: मिनिसा थापा, गोरखदल गण ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्