एनएमबी बैंकले शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३.२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बुधवार राजधानीमा सम्पन्न बैंकको भर्चुअल साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
साथै साधारण सभाले अधिकृत पूँजी रु. १६ अर्बबाट वृद्धि गरी रु.२० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।
बैंकको २५औं वार्षिक साधारण कृष्ण टावर नयाँ बानेश्वर बैंकका सञ्चालक समिति पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको हो ।
कोभिड १९ का कारण हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभालाई भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधिमार्फत सञ्चालन गरी शेयरधनीहरूको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।
लोकान्तर संवाददाता