चीनसँग तनाव बढिरहेको बेला भारतले लियो ८३ फाइटर जेट किन्ने निर्णय

चीन र पाकिस्तानसँग सीमा विवादका बीच भारतले इन्डियन एयरफोर्सका लागि ८३ वटा अत्याधुनिक फाइटर जेट विमान खरिद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको क्याबिनेट कमिटी अफ सेक्युरिटीको को बैठकले यो निर्णय गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दएका छन् । उनले लेखेका छन्, ‘यो निर्णय देशका लागि गेम चेन्जर सावित हुनेछ । रक्षाको क्षेत्रमा यसले थप बुजबुती मिल्नेछ । लाइट कम्ब्याट एयरक्राफ्ट र १ए तीव्र फाइटर तयार गर्नको लागि सम्बन्धितलाई निर्देशन दिइएको छ ।’ फाइटर विमान खरिदका लागि भारतले ४८ हजार करोड खर्चिने बताइएको छ ।


Advertisement

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्