नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित

नेपाल बैंक लिमिटेडको ६१ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।  यस अवसरमा बैंकको आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६÷७७ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको बैंकले जनाएको छ ।

सभाले हालको चुक्ता पूँजी रु.११,२८,२८,२०,२०० को ४ (चार) प्रतिशतका दरले हुन आउने पंैतालिस करोड तेह्र लाख बाह्र हजार आठ सय आठ नगद लाभांश        (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ (बाह्र) प्रतिशतका दरले हुन आउने  एक अर्ब पैंतिस करोड उन्चालिस लाख अड्तिस हजार चार सय चौविस रुपैयाँ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी बाह्र अर्ब त्रिसठ्ठी करोड सतसठ्ठी लाख अन्ठावन्न हजार छ सय चौविस रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्