ट्रम्पविरुद्धको महाभियोगबारे तल्लो सदनमा बहस सुरु

डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगबारे अमेरिकाको तल्लो सदनमा बहस सुरु भएको छ । गत साता आफ्नो समर्थकहरुलाई संसद् भवनमा हुलदंगा गर्न उक्साएको भन्दै ट्रम्पविरुद्ध सांसद्हरुले महाभियोग प्रस्ताव अघि बढाएका हुन् ।
छलफलमा बोल्दै डेमोक्रेटिक पार्टीकी क्यालिफोर्नियाकी सांसद् जुडी चुले संसद् भवनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरुलाई आतंककारीको संज्ञा दिइन् ।
उनीहरुलाई डोनाल्ड ट्रम्पले उग्र बनाएको उनको आरोप छ ।

अमेरिकामा एकै कार्यकालमा दुुईपटक महाभियोग प्रस्ताव सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । यसअघि गत वर्ष तल्लो सदनबाट (हाउस) महाभियोग प्रस्ताव पारित भएको थियो । तर, ट्रम्पलाई पदबाट हटाउनका लागि आवश्यक दुुई–तिहाई मत माथिल्लो सदनमा (सिनेट) जुुट्न नसक्दा उनी पदमा कायम रहन सफल भए ।


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्