मनमोहन अधिकारीपछि केपी ओली जनपक्षीय काम गर्ने प्रधानमन्त्री हुन् : गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीका धेरै प्रधानमन्त्री भए पनि मनमोहन अधिकारी र केपी  शर्मा ओलीले मात्र जनपक्षीय काम गरेको दावी गरेका छन् । “कमजोर सरकार भए पनि मनमोहनले भारतमा असमान सन्धि पुनरावलोकनको कुरा उठाएर भारतलाई झस्काउनुभयो । त्यसपछि समृद्धिका लागि काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओली मात्र हो ।”

उनले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताए  । लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१ं.४ मेगाहर्जको १०औँ वार्षिक साधारणसभाको आज बेँसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिको बाटोमा रहेको सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनबाहेक अर्को बाटो नभएको समेत बताए ।


Advertisement

   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्