ओलीले `बैगुनी केटा´भनेपछि योगेशले फर्काए यस्तो जवाफ


नेकपा प्रचण्ड-माधव पक्षका नेता योगेश भट्टराईले आफूलाई जोडेर टिप्पणी गर्ने प्रधानमन्त्री केपी ओलीलाई जबाफ फर्काएका छन् ।
भट्टराईले सामाजिक संजालमार्फत शनिबार राती भनेका छन् -केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।  केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।
आजै प्रधानमन्त्री ओलीले नेता भट्टराईप्रति कटाक्ष गरेका थिए । उनले भट्टराईलाई ‘बैगुनी केटाकेटी’को संज्ञा दिँदै उनी निस्कँदैमा केही फरक नपर्ने बताएका थिए।
शनिबार नेकपा ओली समूहको प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै अ‍ोलीले प्रदेश १ मा बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने बताएका हुन ।

ओलीले भनेकस थिए– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्