अधिकारकर्मी अधिवक्ता दीपेन्द्र झा प्रदेश २ का मुख्य न्यायाधिवक्ता हुन् ।
प्रदेशमा रहेर काम गरिरहेका झा संघीयताप्रति नेपालका मिडिया पूर्वाग्रही रहेको विश्लेषण गर्छन् ।
केन्द्र सरकारले असहयोग गर्दागर्दै पनि प्रदेशहरूले केन्द्रले भन्दा १० गुणा बढी काम गरेको उनको दाबी छ ।
प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा गर्दैगर्दा जनताले के पाए त ?
तीन वर्षमा पनि २ नम्बर प्रदेशले नाम र राजधानी टुंगो लगाउन किन सकेन ? मन्त्रीहरूले झण्डा हल्लाउनेबाहेक प्रदेश सरकार बनेपछि जनताको जीवनमा के सुधार भयो ?
उखु किसानहरू किन माइतीघर मण्डलामा आएर धर्ना बस्नु पर्यो ?
यी लगायत प्रश्नमा मुख्य न्यायाधिवक्ता झाको भनाइ हेर्नुस्, भिडियोमा :
सुशील पन्त
लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् ।