पछिल्ला दिनहरूमा निरन्तर नयाँ उचाइमा पुगेको शेयर बजारमा मंगलवार सामान्य ‘करेक्सन’ भएको छ । यस दिन नेप्से परिसूचक ५.५७ अंकले घट्दै २३२६.९० विन्दुमा पुगेको छ ।
मंगलवार कूल २ सय ६ कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ८४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन व्यापार, फाइनान्स र जीवन बीमाबाहेक सबै उपसमूहको कारोबार घटेको छ ।
प्रोगेसिभ फाइनान्स लिमिटेडले यसदिन सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएको छ ।
सबैभन्दा बढी नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको लगानीकर्ता रहेका छन् । यस कम्पनीको लगानीकर्ताले ७.७४ प्रतिशतको नोक्सान व्यहोरेका छन् ।
लोकान्तर संवाददाता