कोरोनाको अत्यासलाग्दो असर, हवाई क्षेत्रले कति गुमायो ?

कोभिड-१९ का कारण सन् २०२० को अन्त्यसम्म विश्वभरको उड्डयन क्षेत्रले ३ सय ७० अर्ब अमेरिकन डलरभन्दा बढीको क्षति व्यहोर्नु परेको छ। यस्तै उक्त अवधिमा विमानस्थलले १ सय १५ अर्ब डलर र हवाई कम्पनीहरूले १३ अर्ब डलर बराबरको क्षति व्यहोरेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले जनाएको छ।

सन् २०२० को हवाई क्षेत्रको विभिन्न पाटो अध्ययन गरी आईकाओले निष्कर्षसहित यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले सन् २०२० मा विश्वभरको हवाई यात्रुको संख्यामा पनि करिब ६० प्रतिशतभन्दा बढीले कमी आएको औँल्याएको छ। प्रतिवेदनअनुसार जहाजको कुल क्षमताको ५० प्रतिशतको हाराहारीमा मात्रै उडान हुँदा अन्तर्राष्ट्रिय उडानमा यात्रुको संख्यामा ६० प्रतिशतले घटेको हो। प्रतिवेदनको तथ्यांकअनुसार सन् २०२० मा १.८ अर्ब यात्रुले मात्रै जहाजबाट यात्रा गरेका थिए। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्