असार २०, २०७९
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ ।
इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५ अप्सराका बारेमा जान्नुस् ।
रम्भा
इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग,मत्र्य,पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको देवता कुबेरको छोरा नलकुबेरसँग रम्भा पत्नीकै रुपमा बस्ने गर्थिन् । रावण रम्भासँग मोहित भएका थिए र उनले रम्भासँग सम्बन्ध गाँस्न चाहेका थिए ।
उर्वशी
महाभारतमा उर्वशीको सुन्दरताको बर्णन पाइन्छ । अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् ।
मेनका
ऋषि विश्वामित्रले एकताका कठीन तपस्या गरेका थिए । ऋषि विश्वामित्रको ध्यान भंग गर्न इन्द्रले मेनका नाममा अप्सरा धर्तिमा पठाएको कथन छ । मेनकाको रुप देखेर मोहित भएपछि ऋषि विश्वामित्रले ध्यान तोडेका थिए । पछि ऋषि विश्वामित्र र मेनका विवाहबन्धनमा बाँधिएका थिए । र, शकुन्तला नामका पुत्री जन्म दिएका थिए ।
तिलोत्तमा
स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराका रुपमा तिलोत्तमाको नाम अगाडि आउँछ । पृथ्वीको निर्माण गर्दा ब्रम्हदेवले संसारका सबैभन्दा सुन्दरतम वस्तुहरू संकलन गरेर तिलोत्तमाको निर्माण गरेको कथन पाइन्छ ।
पुंजिकस्थला
ध्यान बसिरहेका ऋषिको रुप देखेर पुंजिकस्थला अप्सराले खिल्ली उडाएकी थिइन् । उनको ब्यवहारका कारण ऋषि रिसाएर ऋषिले पुंजिकस्थलालाई बाँदरको अनुहार हुने श्राप दिएका थिए । पछि पुंजिकस्थालाले अन्जनीको रुपमा बाँदर जातिका जन्म लिएर हनुमान पुत्रलाई जन्म दिएको शास्त्रमा उल्लेख पाइन्छ ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न । यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भ...
आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरु हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ । शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्या...
महामानव गौतमबुद्धको जन्मथलो लुम्बिनीस्थित मायादेवी मन्दिरमा २२ लाख ९७ हजार रुपैयाँ भेटीबापत उठेको छ । मंगलवार सकिएको भेटी गणनामा २२ लाख बढी रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...