मिर्गौलाले हाम्रो शरीरलाई विषरहित (डिटक्सिफाई) बनाउने काम गर्छ । यसले शरीरमा पच्न बाँकी रहेको, विषालु र अतिरिक्त तरल पदार्थलाई पिसाबमार्फत शरीर बाहिर पुर्याउँछ ।
शरीरमा रगतलाई शुद्ध राख्न सहयोग गर्ने मिर्गौलालाई सफा राखेन भने मूत्ररोग, पेटको समस्या, ज्वरो, छटपटी र बान्ता आउने जस्ता समस्याहरू बढ्छन् ।
खानामा सावधानी अपनाउँदा अनि भोजनमा तीनवटा उत्कृष्ट कुराहरू समावेश गर्दा मिर्गौला सफा राख्न सकिन्छ ।
धनियाँ
धनियाँ जहाँ पनि सजिलै पाइने पदार्थ हो । यसमा भएको फाइबरले शरीरमा पच्न बाँकी तथा विषालु पदार्थलाई बाहिर पुर्याउन सहयोग गर्छ । धनियाँको जुस दिनदिनै पिउने गर्नुभएमा मिर्गौला सुरक्षित रहन्छ ।
जीरा
जीरा पनि मिर्गौला सफा राख्न मद्दत गर्ने खाद्यपदार्थ हो । जिरा, धनियाँ र कागतीको रस राखेको पानी पिउने गर्दा शरीरबाट विषाक्त पदार्थहरू निस्कन्छन् । यसले मिर्गौलालाई सफा राख्न मद्दत गर्छ । पेटका रोगहरू पनि यसले निको पार्छ ।
मकैको जुँगा
मकै छोडाउँदा तपाईंले सुनौला रंगका जुँगाहरू पनि देख्नुभएकै होला । ती रेशाहरूले मिर्गौैलालाई डिटक्सिफाई गर्छन् । अनि रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्न तथा रोगप्रतिरोधक क्षमता बढाउन पनि यो सक्षम छ ।
मकैको जुँगाको ड्रिंक बनाउनका लागि दुई गिलास पानी मज्जाले उमाल्नुस् । त्यसपछि कचौरामा उम्लेको पानी राखेर मकैको जुँगा राख्नुस् । अनि त्यसलाई हलुका आगोमा उमाल्नुस् । उक्त पानीमा कागतीका दुई चाना निचोर्नुस् । पानी सुकेर एक गिलासमा सीमित गर्नुस् ।
यस रसलाई बिहानबेलुका पिउँदा फाइदा देखिन थाल्छ । पत्थरीको समस्या भएकाहरूलाई पनि यो रस लाभदायक छ ।
एजेन्सी