आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने भएको छ  
त्यसका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति समेत बनाइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सम्मानका लागि ज्ञवालीको संयोजकत्वमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहने गरी समिति बनाइएको हो ।


Advertisement

शनिबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व आओवादीका लडाकूहरुलाई पार्टीमा स्वागत गरेक थिए ।
उनले सो क्रममा लडाकूको उचित व्यवस्थापन गर्ने समेत बताएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्