बुटवलमा आज प्रचण्ड–नेपाल समूहको विरोधसभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

नेकपा (प्रचण्ड–नेपाल) समूहले बिहीबार बुटवलमा प्रतिनिधिसभा विघटनका विरुद्ध बिरोध सभा गर्दैछ ।

पार्टीको केन्द्रीय विरोध कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बिरोध सभा गर्न लागेको हो ।


Advertisement

बिहान ११ः३० बजेदेखि पुष्पलाल पार्कमा सुरु हुने सभालाई पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेताहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, चक्रपाणि खनाल लगायत नेताहरुले संवोधन गर्ने कार्यक्रम छ । 

विरोध सभा अगाडि बुटवलका विभिन्न ठाउँबाट र्‍याली गरिने संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए ।


Advertisement

सभामा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक नेता कार्यकर्ताहरु सहभागी हुने गैरेले बताए । प्रदर्शनमा तोकिएको नारा मात्र लगाउन कार्यकर्ताहरूलाई निर्देशन दिइएको प्रचार प्रमुख सिद्धिचरण भट्टराईले जानकारी दिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्