भदौ २, २०७९
रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ । रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् । अगस्ट ३० देखि सेप्टेम्बर ...
चीनले ताइवानका विषयमा बिहीवार कठोर भाषा अपनाउँदै स्वतन्त्रताको अर्थ युद्ध हुने बताएको छ ।
उत्तेजक गतिविधि र विदेशी हस्तक्षेपको जवाफ दिन आफूहरूको सशस्त्र बलले कारवाही गर्ने उसले बताएको छ ।
ताइवानलाई चीनले आफ्नै भूमि भनी दाबी गर्ने गरेको छ । केही दिनअघि ताइवानको दक्षिणपश्चिममा रहेको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा चीनका लडाकू विमान र बमवर्षक विमानहरू प्रवेश गरेको ताइवानले बताएपछि वाशिङटनले चिन्ता व्यक्त गरेको थियो ।
ताइवान सरकारले औपचारिक रूपमा स्वतन्त्रताको घोषणा गर्न लागेको विश्वास चीनले लिएको छ । तर ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले आफूहरू स्वतन्त्र देश भएको र रिपब्लिक अफ चाइना भनिने गरेको बताउँदै आएका छन् ।
चिनियाँ वायुसेनाका हालैका गतिविधिका विषयमा जानकारी दिने मासिक न्युज ब्रिफिङमा चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु चियानले ताइवान चीनको अभिन्न हिस्सा भएको बताए ।
मुट्ठीभरका मानिसले टापुको स्वतन्त्रता खोजिरहेको वुको भनाइ छ ।
‘
ताइवान स्वतन्त्रताको माग गर्नेहरूलाई हामी चेतावनी दिन्छौं : आगोसँग खेल्नेहरूले आफैंलाई डढाउनेछन् र ताइवानको स्वतन्त्रता भनेको युद्धको हो,’ उनले थपे ।
रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ । रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् । अगस्ट ३० देखि सेप्टेम्बर ...
रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् । जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ ...
फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ । उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि ...
बेलायतको प्रधानमन्त्री बन्न दौडमा रहेको भारतीय मूलका ऋषि सुनकले कृष्णजन्माष्टमीको अवसरमा मन्दिर पुगेर पूजा गरेका छन् । उनी कृष्णजन्माष्टमीको अवसर पारेर शुक्रवार बेलायतकै इस्कोन मन्दिरमा आयोजित समारोहमा भाग लिन पु...
पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । पाकिस्तानमा पछिल्लो २४ ...
जहाज यात्राका क्रममा अधिकांश यात्रु शान्त र मर्यादित हुन्छन् । विमानको उडान संवेदनशील भएकाले सबैले सहयोग पुर्याउनुपर्छ तर साइप्रसबाट म्यानचेस्टर गइरहेको जहाजमा एक महिलाले कपडा फुकालेर हंगामा गरेको घटना सा...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...