प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ २३ गते शुक्रवार काठमाडौंमा जनसभा आयोजना गर्दैछ ।
प्रतिनिधि सभा विघटनपछि आयोजना गरिएको जनसभालाई ओली पक्षले शक्ति प्रदर्शनको रूपमा समेत लिएको देखिन्छ ।
ओली पक्षको सभा यसअघि बिरलै सभा आयोजना गरिने नारायणहिटी दरबारको गेटनजिकै आयोजना गरिएकाले पनि चर्चा छ ।
२३ गतेको सभाको तयारी भन्दै बुधवार काठमाडौंमा ओली पक्षीय युवा र विद्यार्थी संगठनले संयुक्त मोटरसाइकल र्याली आयोजना गरे ।
२३ गतेको जनसभा आयोजना गरेको नेकपा बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले सभामार्फत ४ वटा सन्देश दिन खोजिएको बताएका छन् ।
जनसभाका लागि किन नारायणहिटीको गेट रोजियो ? जनसभाबाट के घोषणा हुँदैछ ? पशुपतिनाथमा प्रधानन्त्रीको उपस्थिति र नारायणहिटी अगाडिको सभाको मनोविज्ञान के ? के ओली नेतृत्वको नेकपाले हिन्दू धर्मलाई राजनीतिक एजेन्डा बनाउन खोज्दैछ ?
यी लगायत प्रश्नमा पोखरेलको जवाफ हेर्नुहोस्, भिडियोमा :
सुशील पन्त
लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् ।