‘कोटेश्वरको केटो’लाई १ लाख रुपैयाँ पुरस्कार

प्रतिकात्मक तस्वीर

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर सो कृतिलाई १ लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रेस विज्ञप्तिमार्फत इञ्जाले जानकारी दिएको छ ।


Advertisement

संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा साढे ४ दशकअघिको काठमाडौंको दृश्य र परिवेश समेटिएका यस कृतिमा तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरिएको छ । काँठेजीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा पुस्तकमा छ ।

कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरीब बन्न बाध्य पार्‍यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो खुराक बन्न सक्ने शिक्षा तथा साहित्य क्षेत्रका मूर्धन्य व्यक्तिको धारणा छ ।


Advertisement

३ दशक लामो पत्रकारिताको अनुभव सम्हालेका पराजुलीले अक्षरहरूसँग पाठमा पत्रकारिताका अनेक तीतामीठा प्रसङ्ग उल्लेख छ । कथा लेखनमा विशेष दक्खल राख्ने पराजुलीका यसअघि विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्र्स २०६८, शुक्रराज शास्त्रीको चश्मा २०७३, भ्रष्ट संवेदना, अघोरी २०७५ कथासंग्रह प्रकाशित छन् । अनायिका उपन्यास पनि उनकै कृति हो । 

कमेन्ट गर्नुहोस्