पोस्तकको कथा संग्रह 'मुन्नी' बजारमा

पोस्तक श्रेष्ठको कथा संग्रह 'मुन्नी' बजारमा आएको छ ।

अमेरिकामा रहेर पर्यटन पेशामा आबद्ध श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह ल्याएका हुन्। लिपि बुक्सले बजारमा ल्याएको पुस्तकमा २२ वटा कथा समावेश छन्।


Advertisement

संग्रहित पुस्तक समावेश कथाहरु समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेको श्रेष्ठले बताए। 'अमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाएका छन्। किनकी एउटा लेखक कुनैपनि विषयमा तटस्थ हुन सक्दैन्', उनले भने, 'कथामा सामाजिक विषयहरु अटाएका छु। 

जहाँ प्रेम,युद्ध,राजनीति तथा सामाजिक विषय छन्।'  पुस्तक प्रकाशन गर्नु अघि कथाहरु आफ्ना भएपनि प्रकाशन पश्चात् भने पाठकको रहेको उनले बताए। 'अब मैले पुस्तकमाथि चर्चा गर्नुभन्दा पाठक आफैले मुल्यांकन गर्नुहुन्छ', उनले। लामो समयदेखि श्रेष्ठले पत्रपत्रिकामा कथा तथा कविताका माध्यमले आफ्नो उपस्थिती देखाइसकेका छन्।


Advertisement

 नेपाली साहित्य क्षेत्रमा कथा लेखन सुस्तता रहेको बेला श्रेष्ठका कथा आउनु सुखद पक्ष रहेको प्रकाशक अर्जुन अधिकारीले बताए। 'यी कथा मात्र होइनन्। हाम्रो समाजका विम्ब हुन्', उनले भने। श्रेष्ठले लेखेका फरक धारका कथाले पाठकलाई कथाप्रति सम्मोहन बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने अधिकारीले दावी गरे।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्