नेपाली बजारमा शुक्रवार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार यस्तो सुन प्रति तोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिहीवार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्यमा ३० रुपैयाँको गिरावट आएको छ ।
लोकान्तर संवाददाता