बलिउड अभिनेत्री तथा नृत्यांगना नोरा फतेही आफ्नो सुन्दरता र नृत्य दुवैका लागि चर्चित छिन् ।
सामाजिक सञ्जालमा उनी आफ्ना ग्ल्यामरस तस्वीरहरू राखिरहेकी हुन्छिन् । हालै उनले पर्ल ब्लाउज र ह्वाइट लहंगामा फोटोशूट गरेर सामाजिक सञ्जाल तताएकी छन् ।
पर्ल अर्थात् मोती र क्रिस्टलले डिजाइन गरिएको ब्लाउज उनले लगाएको देखिन्छ । यस आउटफिटमा नोराले खुला कपाल र डीप मरून लिपस्टिक लगाएकी छन् ।
यो आउटफिट फेशन डिजाइनर अबु जानी र सन्दीप खोसलाले डिजाइन गरेका हुन् । यसमा उनी अप्सरा देखिएकी छन् ।
एजेन्सी