चलचित्र पीकेको 'सिक्वेल' बन्दै, तर हुने छैनन् आमिर !

आमिर खान र अनुष्का शर्माको सुपरहिट चलचित्र ‘पीके’ दर्शकमाझ अहिले पनि उत्तिकै लोकप्रिय छ । यस चलचित्रको लास्ट सीनमा रणबीर कपूर पनि देखाइएको छ । 

यस चलचित्रको फ्यानहरू निकै धेरै छन्  । लोकप्रिय चलचित्रको स्किवेलको बारेमा दर्शकहरूले नै बेलाबेला माग गरिरहन्छन् ।


Advertisement

पीके चलचित्रका फ्यानहरूलाई खुशीको खबर सार्वजनिक भएको छ । यस चलचित्रका निर्माता विधु विनोद चोपडो पीकेको सिक्वेल बनाउने घोषणा गरेका छन् । 

उनले अहिले यसको तयारी भइरहेको समेत बताएका छन् । 


Advertisement

पीकेको सिक्वेल बन्ने भएपनि सिक्वेलमा दर्शकहरूले आमिर खान पाउने छैनन् । आमिर खानको ठाउँमा रणबीर कपूरले मुख्य भूमिका निभाउने बताइएको छ । 

एक भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै निर्माता विधुले सिक्वेल बनाउने काम छिट्टै नै शुरू गरिने बताएका छन् । 

चलचित्रमा रणबीर कपूरको क्यारेक्टर दोस्रो प्लानेटबाट पृथ्वीमा आएको देखाइएको छ । सिक्वेलमाा रणबीरले नै फिल्मको कहानी अगाडि लैजान्छन् । 

निर्माता विधुका अनुसार, चलचित्रका लेखक अभिजात जोशीले अहिलेसम्म कहानी लेखिसकेका छैनन् । कहानी लेखेर सकिनेबित्तिकै चलचित्र बनाउन शुरू गरिने निर्माता विधुको भनाइ छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्