स्प्राइटको नयाँ अभियान 'रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स'

कोका–कोलाको लोकप्रिय लेमन(लाइम पेय पदार्थ स्प्राइटले “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स” नामको नयाँ अभियान शुरू गरेको छ । 

यस अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरू घरमा स्क्रिनमा बेत्तित गर्ने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहनको लागि प्रेरित गर्ने भएको कोककोलाले जनाएको छ ।


Advertisement

अभियानको बारेमा कोका–कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, “नयाँ स्प्राईट अभियानले हामी स्क्रीनमा बिताउने समयमा हाम्रा वरिपरि आउँने अनावश्यक अवरोधहरुका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ । हामी हाम्रो उपभोक्ताहरुलाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले तपाइँको रोजाई अनुसार स्क्रीनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहन्छौं ।”

यो विज्ञापन थुप्रै नोटिफिकेशनहरु सहित मोबाइल बजिरहेको अवस्थामा शुरू हुन्छ । यो विज्ञापनले हाम्रो मोबाइल टाइममा दुईवटा कुरा – कि रिफ्रेश या तनाव हुन सक्छ भन्ने बताएको छ ।


Advertisement

त्यसपछि अभिनेताले सर्दै चिसो स्प्राईटको बोतल फ्रिजबाट निकालेर पप गरी बिर्को खोल्दै आइश क्युब र लाइम भएको गिलासमा खनाउँछ । हामी यो दुईवटा कुरा (तनाव वा रिफ्रेस) मा नअड्कौं र एउटै कुरामा अडिक रहौं त्यो हो स्प्राईटमार्फत रिफ्रेशमेन्ट । यो विज्ञापन “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स” भन्ने ट्यागलाइनसँगै अन्त्य हुन्छ र उपभोक्ताहरूलाई अधिकतममा रिफ्रेस रहन र घरमै स्क्रीनको समयमा आराम गर्न प्रोत्साहित गर्दछ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्