आइएमई र अल अहलिया एक्स्चेन्जबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएई) स्थित कम्पनी अल अहलिया एक्स्चेन्ज र आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ ।

समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सकिनेछ । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज युएईबाट नेपालको आइएमई पे मा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ । 


Advertisement

सेवा शुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्स्चेन्ज यूएई मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार रू. ६० सम्म बोनस पाउन सकिने आइएमईले जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्