ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ खुल्दै

पछिल्लो समय आईपीओमा आकर्षण बढिरहँदा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । 

आईपीओ निष्काशनका लागि कम्पनीलाई नेपाल धितोपत्र बोडैले अनुमति दिसकेको छ । 


Advertisement

 बोर्डले इन्स्योरेन्सलाई ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न फागुन ७ गते अनुमति दिएको हो। इन्स्योरेन्सले एनएमबि क्यापिटललाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्