प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा आज मंगलवार पनि सुनुवाइ हुने भएको छ ।
मंगलवार संवैधानिक इजलासको पेसी सूचीमा रिटलाई हेर्दाहेर्दैमा राखिएको छ ।
यसअघि इजलासमा फागुन १० गतेसम्म बहस नोट बुझाइसक्न कानून व्यवसायीलाई आदेश गरिएको थियो । गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस भएको थियो ।
प्रतिनिधिसभा विघटनको बहुचर्चित मुद्दा अब फैसलाको पर्खाइको चरणमा पुगेको छ । विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएका थिए ।
प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।
लोकान्तर संवाददाता