प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएको हल्लाको प्रभावमा नपर्न अनुरोध गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले सर्वाेच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहोल गिजोल्न षड्यन्त्रका साथ सक्रिय तत्वले हल्ला फैलाएको जनाएका छन् ।
‘महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी आज बिहानैदेखि फिजाइएको गलत हल्ला खेदजनक छ,’ थापाले लेखेका छन्, ‘प्रतिनिधि सभाको विघटन बारेमा परेका रिटहरूमा सर्वाेच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहोल गिजोल्न षड्यन्त्रका साथ सक्रिय तत्वको हल्लाको प्रभावमा नपर्न अनुरोध गर्दछु ।’
यसअघि खरेलले समेत लोकान्तरसँग कुरा गर्दै आफूले राजीनामा नदिएको स्पष्ट पारिसकेका छन् ।
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी आज बिहानैदेखि फिंजाइएकाे गलत हल्ला खेदजनक छ ।
— Surya Thapa (@ThapajiSurya) February 23, 2021
प्रतिनिधि सभाकाे विघटन बारेमा परेका रिटहरूमा सर्वाेच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहाेल गिजाेल्न षडयन्त्रका साथ सक्रिय तत्वकाे हल्लाकाे प्रभावमा नपर्न अनुराेध गर्दछु ।
लोकान्तर संवाददाता