रवि लामिछानेले गरे 'ग्यालेक्सी टिभी' सञ्चालनको घोषणा

सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी टिभी घोषणा भएको छ ।

गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो ।


Advertisement

टिभी 4K क्यालिटीको हुने कार्यक्रममा सञ्चारकर्मी लामिछानेले जानकारी दिए ।

टेलिभिजनको अध्यक्ष जीबी राई छन् ।


Advertisement

लामिछानेले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए ।

उक्त टेलिभिजनमा लामिछानेले चलाएको सिधा कुरा जनतासँग कार्यक्रम निकै चर्चित बनेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्