२ नम्बर प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले दुर्घटनामा परेर सडक छेउमा छट्पटाइरहेका ४ जना घाइतेको उद्धार गरी अस्पताल पुर्याएका छन् ।
प्रदेश प्रमुख डा. झाले जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना व्यक्ति छट्पटाइरहेका देखेका थिए ।
छट्पटाइरहेका चारै जनालाई प्रदेश प्रमुख झाले देख्ने बित्तिकै गाडी रोकेर रौतहटको चपुरस्थित अस्पताल पठाएका छन् ।
डा. झाले १ जना सुरक्षाकर्मीसहित ४ जना घाइतेलाई अस्पतालतर्फ पठाएको जनाइएको छ ।
डा. झा हालै प्रदेश प्रमुख नियुक्त भएका थिए ।
लोकान्तर संवाददाता