संखुवासभा जिल्लाको पिलुवा र सिखुवा खोलामा ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजना निर्माणका लागि लक्ष्मी बैंक लि.को अगुवाईमा माछापुच्छ्रे बैंक लिले कर्जा लगानी गर्ने भएका छन् ।
लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक रस माबिलुङ इनर्जी लिमिटेडबीच मंगलवार आयोजनामा कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको छ ।
कुल ९३ करोड ७० लाख रुपैयाँ निर्माण लागत रहेको सो आयोजना निर्माणको लागि उर्जा मन्त्रालयले गत साउन ९ गते माबिलुङ्ग इनर्जीलाई विद्युत उत्पादन अनुमति दिएको छ ।
माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता गत २०७५ साल चैत्र १२ गते भएको थियो
माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि., गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् । यस कम्पनीका अध्यक्ष राजेश लाल श्रेष्ठ हुन् ।
बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (रु.६५ करोड ५९ लाख) र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ ।
उक्त आयोजनाको लागि लक्ष्मी बैंकले ३९ करोड ९९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २५ करोड ६ लाख कर्जा लगानी गर्नेछ ।
उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि. ले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ ।
यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।
लोकान्तर संवाददाता