प्रचण्ड–नेपाल पक्षलाई सूचना चुहाएको निहुँमा गृहमन्त्री थापाले हटाए सचिवालयका एक कर्मचारी

फाइल फोटो

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सचिवालयका एक कर्मचारीलाई पदबाट हटाएका छन् । गृहमन्त्री थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई आइतवार जिम्मेवारीमुक्त गरेका हुन् ।

मन्त्रीले आफ्नो स्वकीय सचिवालयमा कर्मचारी राख्नु वा हटाउनु सामान्य प्रक्रिया भएपनि तामाङलाई हटाउनुको कारण भने रोचक रहेको स्रोतको दाबी छ ।


Advertisement

'तपाईं मेरो स्वकीय सचिवालयअन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत गरिरहनुभएको (रहिरहनुभएकोमा) मिति २०७७/१०/३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ,' मन्त्री थापाले तामाङलाई थमाएको पत्रमा भनिएको छ ।

स्रोतका अनुसार हाल नेकपा प्रचण्ड-नेपाल पक्षमा रहेका पूर्व माओवादी खेमाका एक प्रभावशाली नेतासँग निरन्तर सम्पर्कमा रहेको तथा सूचना चुहाएको अभियोगमा तामाङलाई हटाइएको हो ।


Advertisement

पूर्व माओवादी खेमाबाटै प्रतिनिधित्व गर्ने गृहमन्त्री थापा भने हाल नेकपा ओली समूहमा छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्