रिडी–बल्कोट सडक कालोपत्रे गर्न १ अर्बको टेण्डर, बलेटक्सार रिङरोडका लागि १ करोड

गुल्मी जिल्लाको रिडीबजारदेखि अर्घाखाँची जिल्लाको बल्कोटसम्मको २७ किलोमिटर सडक कालोपत्रेका लागि टेण्डर आह्वान भएको छ ।

गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रिडी–बल्कोट सडक कालोपत्रे गर्नको लागि १ अर्ब ४ करोड ९५ लाख बराबरको टेण्डर आह्वान भएको जानकारी गराएका हुन् । 


Advertisement

रिडी बल्कोट सडक कालोपत्रे हुँदा गुल्मी र अर्घाखाँचीका स्थानीयलाई यात्राका लागि सहज हुनेछ । यो बाटो खज्याङबाट सदरमुकाम तम्घास जोडिन्छ । 

यस्तै देउराली, सिमिचौर एयरपोर्ट सडक स्तरोन्नतिका लागि ३ करोड ८६ लाखको टेण्डर आह्वान भएको छ । बलेटक्सार रिङरोड निर्माणका लागि १ करोड थप भएको ज्ञवालीले फेसबुकमा लेखेका छन् ।


Advertisement

रुरुक्षेत्र गाउँपालिकाको केन्द्र रहेको बलेटक्सार बजारलाई केन्द्र बनाएर आसपासमा चक्रपथ बन्दैछ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्